१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

थरू समुदायमा माघी रौनक

सखिया नाचले गुन्जयमान थारु बस्ती

तस्बिरः पुष्पराज जोशी/नागरिक

बाबाके सगरमे मुरिया लाहान गैली हाँ

टिकुली पुलह पानीघाट सखियै हो  

उरीउरी भौर टिकुली पर बैठरे हाँ  

भौरक छुवल मोर टिकुली मलिन सखियै हो....

यही सखिया गीतमा अहिले कैलालीका थारु बस्ती गुन्जयमान बनेका छन्।महिलाहरु हुलका हुल बाँधेर थारु समुदायका घरघरमा गई नाचगान गर्न थालेका छन् भने पुरुषहरु महिलालाई सहयोग गर्न नाचमा मादल, मजिरा बजाएर सहयोग गर्न थालेका छन्।  

कोरोना भाइरसका कारण मौलिक चाडपर्वहरु मनाउन नपाएका थारु समुदाय भने अहिले माघीलाई विशेष गरी मनाउन थालेका छन्।धनगढी–५ जाइँका थारु अगुवा विनय चौधरीका अनुसार अहिले गाउँगाउँमा सखिया नाच सँगै माघीको रमझम भइरहेको छ।कोरोनाका कारण चेलीबेटी भेटघाट नभएको बताउँदै उनले भने,‘अहिलेसम्मका चाडपर्वमा कोही कसैको घरमा गएका थिएनौ, भेटघाटै भएको थिएन, अहिले भने माघीले सबैलाई मिलन गराएको छ ।’  

माघे संक्रान्तिको दिन बिहानै नजिकैको नदी तथा तलाउमा नुहाएर आफूभन्दा ठूला तथा मान्यजनलाई ढोग्ने र आशीर्वाद माग्ने गरिएको अर्का स्थानीय यूवा किरण चौधरीले बताए।उनले भने,‘आफन्त तथा मान्यजनसँग आशीर्वाद मागेर दिनभर हामी नाचगानमै व्यस्त हुन्छौं ।’  

यस्तै माघ १ गतेका दिन दिनभर रमाइलो गर्ने र २ गतेदेखि भने भलमन्सा, चौकीदार र गुरुवाको चयनका लागि पनि तयारी हुने गरेको उनले बताए।अन्य समुदायले माघीका रूपमा मनाउने माघे संक्रान्तिलाई थारू समुदायले भने नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।

प्रकाशित: १ माघ २०७७ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App