१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जोखिम भत्ता नदिएको भन्दै कलैया अस्पतालका कर्मचारी आन्दोलित

जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पतालका कर्मचारीहरु मंगलबारदेखि आन्दोलित भएका छन्। कोरोना महामारीमा खटेको जोखिम भत्ता नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुको आन्दोलनको कारण कारण अस्पतालको आकस्मिक बाहेकका बसै सेवाहरु ठप्प बनेको छ।

नेपाल सरकारले कोरोना उपचारमा खटिने कर्मचारीलाई जोखिम भत्ता उपल्बध गराउने निर्णय गरे पनि  कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई पटक–पटक मौखिक एवं लिखितरुपमा आग्रह गर्दा समेत भत्ता उपल्बध नगराएको कर्मचारीहरुले गुनासो  गरेका छन्।

कलैया अस्पतालले गंगापुरमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको थियो। अस्पतालका १ सय ५ जना कर्मचारी कोरोना महामारीमा खटेका कर्मचारीहरुले दावी गरेका छन्।

चैत ९ गते देखि  कोरोना उपचारमा खटिने कर्मचारीलाई हालसम्म एक रुपैयाँ पनि जोखिम भत्ता अस्पतालले उपलब्ध नगराए पछि बाध्य भएर आन्दोलन गर्नु परेको कलैया अस्पतालका फार्मेशी सहायक दिनेश चन्द्र यादवले गुनासो गरेका छन्।

कर्मचारीहरुले पाउँदै आएको तलब बराबत जोखिम भत्ता पाउँने व्यवस्था रहे पनि अस्पतालले जोखिम भत्ता नै नदिएको उनले बताए।

पुसकै २६ गते नै अस्पतालको प्रशासन लगायत सरोकारवालालाई जानकारी गराएको भएपनि भत्ता उपल्बध हुने अवस्था नदेखेर आन्दोलन गर्नु परेको  उनको भनाइ छ। उपचार सेवा ठप्प गरेर अस्पतालका कर्मचारी आन्दोलनमा जाँदा सर्वसाधरण सेवाग्राही भने मर्कामा परेका छन्। विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुगेका बिरामीहरु उपचार नै नगराई घर फर्केका छन्।

कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल कुशवाहाले चैत देखि काम गरेका कर्मचारीलाई असारमै जोखिम भत्ता दिनु पर्नेमा अस्पतालले नदिएको कर्मचारीहरुबाट जानकारी हुन आएको बताए।

पहिलाकै मेसुबाट जोखिम भत्ता नलिएर अहिले अस्पतालको सबै सेवाहरु बन्द गरेर कर्मचारीहरुले आन्दोलन गर्नु कार्य समय सपेक्ष नभएको मेसु कुशवाहले बताए।

असार यता देखि कोरोना उपचारमा खटेका कर्मचारीहरुलाई जोखिम भत्ता दिनको लागि बजेट रकम नआएको र त्यसको लागि माँग गरिएको मेसु कुशवाहाको भनाई छ। अस्पतालको अकासमिक सेवा बाहेर सबै सेवा ठप्प पारेर मंगलबार उनीहरु धर्नामा बसेका छन्। १० महिना भइसक्यो अझै कति ? कोरोना भत्ता उपलब्ध गराउ लगायतका नारा लेखिएको प्ले कार्ड उनीहरुले बोकेका थिए।

आन्दोलनका लागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरुले कोरोना जोखिम भत्ता संघर्ष समिति नै बनाएर बिरोधको कार्यक्रम शुरु गरेका छन्।।

 

प्रकाशित: २८ पुस २०७७ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App