८ वैशाख २०८१ शनिबार
समाज

नागरिक पेन्सन योजना शुरु

   नागरिक लगानी कोषले नागरिक पेन्सन योजना शुरु गरेको छ। अनलाइनमार्फत नै सो योजनामा सहभागी हुन सकिने भएको छ।          

सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुकले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ। यस योजनामा आयआर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका सङ्घ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन्।      

योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्ने छन्। बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता रहेको छ। पेन्सन प्राप्त गर्न बचत कर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। बचत कर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन्। कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने गरी सहभागी हुन सक्ने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए। सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल जोडी हुन आउने कूल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवन कालभर पेन्सन पाउन सक्ने व्यवस्था छ। रासस    

 

 

प्रकाशित: २७ पुस २०७७ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App