२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकभित्रै चालक मृत फेला

दैलेखमा मिनी ट्रकभित्रै चालक मृत अवस्थामा फेला परेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१०, का अन्दाजी ४९ वर्षीय गंगाबहादुर सुनार मृत अवस्थामा भेटिएका हुन्।

बिहान दुल्लु नगरपालिका–१, तल्लोडुङ्गेश्वर बजारस्थित सुर्खेतबाट दुल्लुतर्फ सामान बोकी आएको लुअमा ९८१४ नम्बरको मिनी ट्रकमा सुतेका थिए। बिहान अबेरसम्म नउठेपछि गाडीको सीसा फोडेर हेर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता तथा प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए। उनका अनुसार उक्त विषयमा थप अनुन्धान भइरहेको छ।

त्यस्तै सुर्खेतको चौकुने गाउँपालिका–९, का ३४ वर्षीय शिखर पहाडी मृतअवस्थामा भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका–८, मानसरोवर होटल नजिक नालीमा उनी मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। उनले अत्यधिक मादक पदार्थ सेवन गरेका प्रहरीले जनाएको छ।

 

प्रकाशित: २७ पुस २०७७ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App