१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक जना सचिवको भरमा ६ वटा वडा

जुम्लाको सिजा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीले ६ वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नु परिरहेको छ।  जुम्लाको सिंजा गाउँपालिका– ६ वडामा विभाजित छ।   १५ पुसदेखि सवै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरिरहेका छन्।  एक जना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नु पर्दा निकै कठिन भइरहेको उनी बताउँछन्।  

कर्मचारी अभावका कारण वडा कार्यालयमा सिफारिसदेखि अन्य कामको पनि समस्या हुने गरेको दुखेसो स्थानीयको छ।  अहिले गाउँपालिका भरी गरेर जम्मा एक वडा सचिव छन्।  केही काम गर्न परे सचिव खोज्दै जानु पर्ने अवस्था रहेको स्थानीय रत्नवीर बुढा बताउँछन्।    

वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाई सराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडा नं १ का अध्यक्ष रणबहादुर रोकाया बताउँछन्।  उनले भने,‘ गाउँपालिकामै कर्मचारी अपुग छन्।  कर्मचारी अपुग भएपछि यसको धेरै थोरै असर जनतालाई पर्ने नै भयो।  कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन छ।  ’

गाउँपालिकाका ५ वडामा सचिव कार्यरत भएपनि अहिले जिल्लाबाट बाहिरिएपछि सवै वडाको जिम्मेवारी दलबहादुर रोकायाले लिएका छन्।  १ वडाका सचिव घरविदा, २ वडाका सचिव विरामी भएर उपचारमा रहेको सिँजा गाउँपालिकाका प्रवक्ता वडा नं. २ का अध्यक्ष नविन शर्माले बताए।  अन्य वडाध्यक्ष सेवाकालिन तालिममा गएकोले अहिले वडामा सचिव नरहेको उनको भनाइ छ।  

हिउदे गाउँसभा अघि वडा तथा गाउँपालिकाको योजना सबै सम्झौता भइसकेका छन्। अहिले जिल्लामा स्थानीयबासी पनि नभएकाले विकास निर्माणका काम नहुने र चिसो भएकोले सचिव नहुँदा पनि खासै समस्या हुदैन्।  उनले भने,‘सिफारीस जन्म दर्ता लगायतका काम सहायक कर्मचारीको सहयोगमा एकै जना सचिवले पुरा गर्छन। ’

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीका अनुसार योजना सम्झौता भएपनि जुम्लामा चिसोका कारणले विकास निर्माणका काम सुरु भएका छैनन्।  वडाका सचिव सेवाकालीन तालिमका लागि जिल्ला बाहिरिएका उनले बताए। वडा सचिव नहुँदा सामान्य समस्या आइरहेपनि गम्भीर समस्या नआउने उनी बताउँछन्।  

 

प्रकाशित: २७ पुस २०७७ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App