१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरको पाण्डुबजारमा आगलागी, १२ लाख बढीको धनमाल नष्ट

भक्तपुरको सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारमा आगलागी भएको छ । सोही स्थान वस्ने वर्ष ५५ को रामकृष्ण चौगुठीको एकतले कच्ची जस्ताको टहरामा बस्ने भोजबहादुर धिसिङले संचालन गरेको मासु पसलमा आगोलागी भई नजिकैको पाँंच वटा पसलहरु पनि जलेर नष्ट भएका छन् । स्थानीय, दमकल र प्रहरी टोलीको संयुक्त सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।  

अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको जनाइएको छ ।आगोलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन जाँदा अदाजी १२ लाख साठी हजार बराबरको धनमाल जलि नष्ट भएको अनुमान गरिएको छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

आगालागीबाट भक्तपुर सुर्यबिनायक नगरपालिका ६ पाण्डुबजार बस्ने रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को यामाहाको ँश् मो.सा थान १ समेत जलि अन्दाजी  ६ लाख  बराबरको क्षति भएको जनाइएको छ । साथै सोही स्थान बस्ने भोजबहादुर धिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान समेत पुर्ण रुपमा जलि अन्दाजी दुई लाख बराबरको क्षति भएको जनाइएको छ ।

साथसाथै सोही स्थान बस्ने नारायण साडेमियाले संचालन गरेको चिया पसलमा रहेको फ्रीज १ थान, टेबुल, कुर्सी, र अन्य सामानहरु समेत जलि अन्दाजी दुई लाख र बिमल घिमिरेले संचालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु जलि अन्दाजी साठी हजार बराबरको क्षति भएको जनाइएको छ । साथै आगलागीबाट सोही स्थान बस्ने नरेश कर्माचार्यको कोठा समेतमा आगोलागी हुँदा कोठामा रहेका दराज, पलंग, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत जलि अंन्दाजी दुई लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले जनाए।

प्रकाशित: २७ पुस २०७७ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App