१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा मोटरसाइकल जुध्दा एकको मृत्यु, दुई घाइते

अरनिको राजमार्ग अन्र्तगत भक्तपुर खण्डको गठाघरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। उदयपुर लिमचुङबुङ गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली बस्ने वर्ष २२ का मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

मध्यपुर ठिमी नगरपालिका वडा नं ३ गठ्ठघरमा भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको प्र.३-०२-०४प ७३२४ नं को मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको बा. ५३ प. ९८६४ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा प्र.३-०२-०४ प. ७३२४ नं. को मोटरसाइकल चालक राईको मृत्यु भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। घटनामा परी सोही मोटरसाइकल पछाडि सवार रहेकी सोही स्थान बस्ने बर्ष २४ की मनिकला राई गम्भीर घाइते रहेको जनाइएको छ।  

प्राथमिक उपचार पश्चात् उनलाई के.एम.सी. अस्पताल सिनामंगल काठमाडौमा उपचार रहको जनाइएको छ। अर्का घाइते बा. ५३ प. ९८६४ नं. को मोटरसाइकल चालक रौतहट गौर नगरपालिका ८ घर भई हाल ललितपुर मंगलबजार बस्ने वर्ष ४१ का युवराज विकको सामान्य उपचार पश्चात् कानून बमोजिम दुर्घटित सवारी साधनसहित महानगरीय प्रहरी बृत ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको जनाइएको छ। घटनास्थलमा महानगरीय प्रहरी बृत ठिमी भक्तपुर खटेको टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित: २६ पुस २०७७ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App