१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गरगहना चोरेर भागेका एक युवा प्रहरी नियन्त्रणमा

जुम्लामा घरमा काम गर्न राखेका एक युवाले गरगहना लुटेका छन्। चन्दननाथ नगरपालिका ६ छिना गाउँमा दुर्गादेवी रावलको घरमा राखिएको गरगहना चोर्ने पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार उनी मुगु जिल्ला खत्याड गाउँपालिका ११ का बासिन्दा हुन्।  

घरमा काम गर्ने कामदारका रूपमा बसेका मल्लले गरगहना चोरेर भागेका थिए। घर मालिकले मल्लको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

पीडितको उजुरीका अधारमा प्रहरीले यहि पुस २१ गते प्रहरीले मल्ललाई बसपार्कबाट नियन्त्रणमा लिएको थियो। मल्लाई चोरी गरेको गरगहनासहित पक्राउ गरिएको प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए।  

चोरी गरेको गर गहना सस्तो मूल्यमा किन्ने दुई जना व्यक्ति पनि प्रहरी नियन्त्रणमा छन्।  

प्रहरीले चोरी गरेको कसुरमा प्रहरी हिरासत कक्षमा राखी अनुसन्धान गरीरहेको छ। उनीहरुलाई जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताए। उनले कोही कसैले कुनै बस्तु वा बहुमूल्य सामाग्रीहरु बिना बिलको बिक्री गर्न ल्याएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्।

प्रकाशित: २४ पुस २०७७ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App