१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हरिवन मालपोतका दुई कर्मचारी अख्तियारको फन्दामा

हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट दुई कर्माचारी घुससहित पक्राउ परेका छन्। मालपोत कार्यालयका एक नायब सुब्बा र एक लेखापढी व्यवसायी घुस रकमसहित बिहीबार पक्राउ परेका हुन्।      

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायबसुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई रु ११ हजार घुस रकमसहित पक्राउ गरेको हो। उनीहरुले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संशोधनका लागि घुस लिएको पाइएको अख्तियारको कार्यालयले जनाएको छ। दुवै जनालाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय बर्दिवास लगिएको छ।      

सर्लाहीबाट मङ्सिर २४ गते नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका प्राविधिक मनोजकुमार पाण्डे रु आठ हजार घुस रकमसहित र असार ९ गते हरिपुर नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह रु चार हजार घुस रकमसहित पक्राउ परेका थिए। जिल्लामा मालपोत, नापी, घरेलु तथा साना उद्योग, विद्युत् र स्थानीय निकायमा घुस नदिएसम्म सेवा लिन गाह्रो पर्ने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका छन्। गुनासो र उजुरीअनुसार यी कार्यालयबाट पटक–पटक कर्मचारी सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परिरहेका छन्।  रासस

 

प्रकाशित: २३ पुस २०७७ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App