१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सार्वजनिक सवारीमा मनपरी भाडा

प्रहरी–प्रशासनले आँखा चिम्लिदिएपछि सवारी साधनलाई सडकमा यात्रु ठग्न छुट भएको छ। प्रायः छोटो दुरीका सवारीले यात्रुबाट प्रतिकिलोमिटर  १२ देखि २० रूपैयाँसम्म ठटाइर हे पनि प्रहरी–प्रशासन ‘उजुरी नै नआएको’ बहाना गर्दै चुपचाप बसेपछि सवारीको मनपर्दी बढेको हो।  

इलाम बजार –बिब्ल्याँटे चार  किलोमिटर  पक्की सडकको तोकिएको भाडा २७ रूपैयाँ हो। तर  यो रुटमा चल्ने भ्यानले अहिले यात्रुबाट खुलमखुला ५० रूपैयाँ लिइर हेका छन्। प्रहरीले बेला–बेला गर्ने भनेको अनुगमन पनि ‘कर्मकाण्डी’ भइदिँदा यात्रुले सास्ती खेप्नुपरेको छ। २७ रूपैयाँ तिर्दा पुग्ने ठाउँमा ५० रूपैयाँ तिरेर  ठगिएका यात्रु पनि सवारीको वास्तविक भाडा कति हो भन्ने सोध्दैनन्। कसैले सोधिहाले यातायात श्रमिकले ‘लकडाउनपछिको नयाँ भाडा’ भन्दै ५० रूपैयाँ नै लिँदैछन्।  

आइतबार  बिब्ल्याँटेबाट इलाम बजार  आएकी मलिना राईले आफूले यसअघि ३० रूपैयाँ तिरेको ठाउँमा ५० रूपैयाँ तिर्नुपरेको सुनाइन्। ‘अलि अस्तिसम्म त ६० रूपैयाँले ओहोर दोहोर  नै हुन्थ्यो,’ उनले भनिन्, ‘इलाम बजार मा ओर्लिएपछि ड्राइभर ले एकोहोरो भाडा नै ५० रूपैयाँ मागेपछि पो छक्क परेँ। नदिऊँ भने सुन्नै नसकिने शब्दका गाली खाइन्छ जस्तो लागेर  तिर दिएँ।’ उनले गाउँबाट आएका आफूजस्ता कसैलाई पनि वास्तविक भाडादर  थाहा नहुने भएकाले यो रुटमा गाडीले जति माग्छन्, त्यत्ति भाडा दिन बाध्य भएको सुनाइन्। छेउमै र हेका अर्का यात्रु भन्दै थिए– यो लकडाउन चाहिँ हामीजस्ता गरबिलाई भएनछ, गाडीवालालाई मात्रै भएछ क्यार ।

भ्यान चालक नै यो रुटमा प्रतिव्यक्ति ५० रूपैयाँ भाडा लिनेगरेको स्वीकार्छन्। इलाम बजार मै भेटिएका एक भ्यान चालकले भाडादर बारे सोध्दा जवाफ दिए, ‘लकडाउनपछि सर कार ले नै दोब्बर  भाडा लिनु भनेको छ ! हामीले अहिले पाँच यात्रुमात्रै राखेर  यो भाडा लिएका हौं।’ तर , त्यसको १० मिनेट नबित्दै उनी आफैं भ्यानमा आठ यात्रु राखेर  बिब्ल्याँटेतिर  हुइँकिए।  

भ्यानले पाँच यात्रुमात्रै राख्ने त छिटफुटमात्रै छ। धेरैले चाहिँ सातदेखि नौजनासम्म राख्दा पनि भाडादर  ५० रूपैयाँ नै लिइर हेका छन्। ‘हामी त पाँच जनामात्रै हाल्ने भन्छौं तर  यात्रु खचाखच चढेपछि ओराल्ने कुरा पनि त भएन,’ अर्का चालकले सुनाए, ‘कहिलेकाहीं नौजना पनि चढ्छन्।’ इलाम बजार बाट चढेर  एक किमिमा र हेको धोवीधारा ओर्लिंदा पनि ५० र  दुई किमिको चुरेघाँटी पुग्दा पनि ५० रूपैयाँ नै लिने गरिएको छ।  

प्रशासन, प्रहरी र  ट्राफिक प्रहरीका जिल्ला कार्यालय सदर मुकाममै छन्। स्थानीय सर कार को मुख्य कार्यालयसमेत यहीं छ। तर आफ्नै आँगनमा सवारी साधनले यसरी यात्रुमाथि लुट मच्चाइ रहँदा नियन्त्रणमा कसैको ध्यान पुग्न सकेको छैन। इलाम बजार बाट गोलाखर्क भञ्ज्याङसम्मको पक्की सडकमा पनि तोकिएको भाडा ३० रूपैयाँ छ। तर यो रुटमा चल्ने भ्यानले अहिले यात्रुबाट ५० रूपैयाँ नै लिइर हेका छन्।  

सवारी साधनले बढी भाडा उठाइर हेकामा यातायात व्यवसायी स्वयं पनि सन्तुष्ट छैनन्। तर अरूलाई निर्देशन दिने, नियमन गर्ने ठाउँमा नभएकाले आँखैअघि यात्रु ठगिएको टुलुटुलु हेर्नुपरेको व्यवसायी बताउँछन्। पूर्वेली जिप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बाले व्यवसायीले आफ्नोबाहेक अरूको सवारी साधन नियमन गर्नै नसक्ने बताए। ‘जसले भाडा कार्यान्वयनको अवस्था अनुगमन गर्नुपर्ने हो, उसैले नदेखेजस्तो गरेपछि जसलाई जति मन लाग्यो, उति लिँदा भइहाल्यो नि !’ उनले भने, ‘केही सचेत व्यवसायीले पटक–पटक भाडा कार्यान्वयन माग गर्दा पनि प्रशासन गम्भीर नभएपछि सर्वसाधार णले सास्ती खेपेका छन्।’

सवारी साधनले जिल्लाकै फिक्कल–पशुपतिनगर  सडकमा पनि तोकिएभन्दा दोब्बर असुलिर हेका छन्। ११ किलोमिटर को यो पक्की सडकको भाडा ५० रूपैयाँ तोकिएको छ। तर अहिले यहाँ सवारीले सय रूपैयाँ लिइर हेको यात्रुले बताएका छन्। ‘अस्ति ५० रूपैयाँ तिर्दा हुन्थ्यो अहिले एक सय रूपैयाँ तिर्नुपर्दा ज्यादै खिन्न भयो,’ स्थानीय चन्द्र तामाङले सुनाए, ‘हामी सर्वसाधारणको मर्का कसैले बुझिदिँदैन। कहिले, कसले यत्रो भाडा बढायो थाहा छैन। प्रहरी–प्रशासन सबै किन चुप छन् ?’  

पशुपतिनगर का यातायात व्यवसायी मिलन क्षेत्रीले समेत भ्यानले मागेको भाडा यात्रुले थपक्क दिने गरेपछि यहाँको भाडा आफैं दोब्बर  भएको बताए। ‘वास्तविक भाडा त ५० रूपैयाँ नै हो। अस्ति लकडाउन खुकुलो भएका बेला आधा संख्याका यात्रु राख्दा ७५ रूपैयाँ लिनुपर्नेमा पनि सय रूपैयाँ नै उठाइएको थियो,’ व्यवसायी क्षेत्रीले भने, ‘अहिले जति यात्रु चढाएपनि सय रूपैयाँ नै लिनु गलत हो तर अनुगमन नै नभएपछि कसको के लाग्छ र!’  

यात्रुले अहिले मेची राजमार्गको फिक्कल–तीनघरे खण्डको पाँच किलोमिटर कै भाडा एक सय रूपैयाँ तिरिरहेका छन्। यो रुटको भाडा ४० रूपैयाँ तोकिएकामा लकडाउनभन्दा केही अघि व्यवसायीले आफूखुसी १० रूपैयाँ बढाए। भ्यान चालक र जेश प्रधान भन्छन्, ‘सय रूपैयाँ लिँदा पाँचदेखि आठ यात्रुमात्रै चढाउँछौं। १० यात्रु राख्दा चाहिँ जम्मा पाँच सय।’ स्थानीय यातायात व्यवसायीसमेत र हेका ज्ञानीकाजी लाप्चाले आफू स्वयंले डेढ सय रूपैयाँ तोकिएको फिक्कल–बिर्तामोडको भाडा दुई सय रूपैयाँ तिर्न बाध्य भएको सुनाए। ‘म त अझ फिक्कलभन्दा १० किमि पर हर्कटेदेखि मात्रै बिर्तामोड जान गाडी चढेको थिएँ तर  भाडा चाहिँ फिक्कलदेखिकै तिर्नुपर्‍यो,’ उनले भने, ‘प्रशासनले भाडा अनुगमन गर्न अति आवश्यक भइसकेको रहेछ।’  

इलाम–बिर्तामोडको सवारीभाडा दुई सय ९० रूपैयाँ तोकिएकामा लकडाउनअघि तीन सय रूपैयाँ लिइँदै थियो। सवारीका साधनले लकडाउन केही खुकुलो भएका बेला यही रुटमा एक हजार  रूपैयाँसम्म लिएको यात्रुको गुनासो थियो। अहिले पनि यो रुटमा पाँच सय रूपैयाँसम्म लिने गरेको यात्रुको गुनासो छ। ‘अहिले पनि कतिपय गाडीले इलाम–बिर्तामोडको एकोहोरो भाडा पाँच सय रूपैयाँ नै लिइर हेका छन्,’ एक यातायात व्यवसायीले नाम नखुलाउने सर्तमा भने, ‘प्रहरी–प्रशासनले हेर्दैन, गाडीले मागेपछि यात्रुले दोहोरो बात गर्न सक्दैन। वास्तवमा यात्रु ठगिएकै छन्।’

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले आधा यात्रु राखेर  साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिने नियम खारेज भइसकेको बताए। ‘अहिले कुनै पनि रुटमा तोकिएभन्दा बढी भाडा लिनै पाइँदैन,’ उनले भने, ‘कसैले बढी भाडा लिए तुरुन्त कार बाही गर्छौं।’ तर  यात्रुले उजुरी नै नदिएको उनले बताए। ‘उजुरी नदिएकै कार णले पनि यात्रु आफैं ठगिनुपरेको हो,’ उनले भने, ‘प्रशासनले बेला–बेला अनुगमन गर्दैछ।’

प्रकाशित: २३ पुस २०७७ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App