२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

एकैदिन आधा दर्जन बढी फरार अभियुक्त पक्राउ

लागुऔषध अभियोगमा फरार चौधरी । तस्बिरः महेश्वर

बिभिन्न मितिमा आपराधिक गतिबिधि गरेर अदालतबाट दोषी सावित भए पनि फरार रहँदै आएका आधा दर्जन बढी अभियुक्तहरु एकैदिन प्रहरी नियन्त्रणमा परेका छन्। अदालतले दोषी सावित गर्दै कैद र जरिवाना तोके पनि भाग्दै आएका अभियुक्तलाई विशेष टोली खटाएर पक्राउ गरेको प्रहरीले जनाएको छ।  

मंगलबार पक्राउ पर्नेमा कुटपिट मुद्दामा दोषी ठहरिएका एकैघरमा ४ दाजुभाइसहित ७ जना छन्। कुटपिटमा संलग्न भएको अरोपमा जिल्ला अदालत उदयपुरले २०७३ साल असोज ५ गते जनही १ सय रुपैयाँका दरले जरिवानाको फैसला सुनाएको थियो। अदालतले सजाय तोके पनि फरार उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ।  

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ का ३२ वर्षीय थापा भन्ने मिथुन चौधरी, उनका भाइहरु २७ वर्षीय जयराम चौधरी, २५ वर्षीय गोरे भन्ने हरेराम चौधरी र २३ वर्षीय काले भन्ने श्यामलाल चौधरी छन् भने १३ नं. कै ३१ वर्षीय गोबिन्द भन्ने अविनाश चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए।

त्यसैगरी मंगलबारै प्रहरीले लागुऔषध अभियोगमा २४ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका फरार अभियुक्त त्रियुगा नगरपालिका ६ जलजलेका २५ वर्षीय राजन रानामगर रहेका छन्। उनलाई जिल्ला अदालत उदयपुरले २०७५ भदौ १२ गते अभियुक्त ठडहर गरे पनि फरार रहेका थिए। प्रहरी विहान ११ः३० बजे पक्राउ गरेको जनाएको छ।  

अदालतको मिति २०७६ माघ २ गतेको फैसला अनुसार बहुबिवाह मुद्दामा ११ महिना ५ दिन कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको अर्का फरार प्रतिवादी त्रियुगा नगरपालिका ६ कै ३१ वर्षीया यसोमतिकुमारी चौधरी पनि मंगलबारै पक्राउ परेकी छिन्।

जिल्लाको विशेष प्रहरी टोलीले उनलाई मध्यान्ह १२ बजे खोजतलास गर्ने क्रममा घरबाटै फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ सबैलाई जिल्ला प्रहरी कार्यालय गाईघाट ल्याएर फैसला कार्यान्वयनका लागि मंगलबार दिउँसो जिल्ला अदालत पठाइएको डिएसपी गौतमले बताए।

प्रकाशित: २२ पुस २०७७ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App