३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नगरप्रमुखको बुवाको निधनको शोकमा सार्वजनिक विदा

झापाको कनकाई नगरपालिकाले नगरप्रमुखको बुवाको निधनको शोकमा सार्वजनिक विदा दिएको छ। नगरप्रमुख राजेन्द्रकुमार पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको निधन भएको शोकमा नगरपालिकाले एक दिनको सार्वजनिक विदा दिएको हो।

नगरप्रमुखका पिता पोखरेलको ८७ वर्षको उमेरमा बुधबार निधन भएको थियो।  

नगरपालिकाले एक विज्ञप्तिमार्फत पुस १६ गते बिहीबार (आज) कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यलयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत शोक विदा दिइएको जनाएको छ।

प्रकाशित: १६ पुस २०७७ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App