२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

संखुवासभामा प्रहरी र अज्ञात समूहबीच चैनपुरमा दोहोरो भिडन्त

प्रदेश १ स्थित संखुवासभाको चैनपुरमा आइतबार दिउँसो अज्ञात समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।चैनपुर नगरपालिका–४ मैदाने भन्ने स्थानमा दिउँसो ४ बजेतिर गस्तिमा रहेको प्रहरी टोलीमाथि अज्ञात समूहले गोली प्रहार गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कविन्द्रकुमार कार्कीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ति टोली मैदाने भन्ने स्थानमा पुग्नसाथ अज्ञात समूहले गस्तिलाई लक्षित गर्दै गोली प्रहार गरिएको छ । ‘सशस्त्र र नेपाली प्रहरीको संयुक्त गस्ति टोलीलाई लक्षित गरेको अज्ञात समूहले ३÷४ राउण्ड गोली प्रहार गरेको थिए,’ डिएसपी कार्कीले भने, ‘अज्ञात समूहले गोली प्रहार गर्न थालेपछि प्रहरीले पनि जवाफी फायर गरेर थियो । दुवै पक्षबीच भएको भिडन्तबाट कुनै मानवीय क्षति भएको छैन ।’

प्रहरीले फायर गर्न थालेपछि अज्ञात समूहहरू भागेको प्रहरीले जनाएको छ । ‘दोहोरो भिडन्तपछि उनीहरू जंगलतर्फ भागेको र थप मद्दतका लागि प्रहरी पुगी सकेको हुँदा सो स्थान प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ,’ डिएसपी कार्कीले भने, ‘त्यस्तो कुनै हातहतियार फेला नपरे पनि केही विस्फोटक पदार्थ फेला परेको भन्ने खबर आएको छ ।’

भिडन्त भएको ठाउँ नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका संखुवासभा इञ्चार्ज युवराजको गाउँ रहेको बताइएको छ । यस अघि मंसिर १ गते पनि दोहोरो भिडन्त भएको हुँदा प्रहरीले विशेष निगरानी राख्दै आएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: १३ पुस २०७७ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App