२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

रसुवा अस्पतालमा शल्यक्रियाबिनै ५ किलोको बच्चा जन्मियो

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेकी २८ वर्षीया दावा तामाङ डिस्चार्ज भएपछि आफ्नो बच्चासहित घर जाने क्रममा । तस्बिर: नागरिक

रसुवास्थित रसुवा अस्पतालमा एक महिलाले ५ किलोको बच्चालाई जन्म दिएकी छिन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेकी २८ वर्षीया दावा तामाङले बिहीबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन्। राति १ बजेतिर अस्पताल पुर्‍याइएकी उनले ३ बजेर ३७ मिनेट जाँदा बच्चा जन्माएकी अस्पतालले जानकारी दिएको छ।  

बच्चा थोरै अड्किएको भएपनि शल्यक्रिया नगरी नै सुरक्षित प्रसूति गराइएको अस्पतालका डाक्टर रेसल पोखरेलले बताए। ‘तौल धेरै भएको बच्चा अप्रेसन गरेर निकाल्न पर्ने हुन्छ’, उनले भने, ‘पाँच किलो तौलको बच्चा अप्रेसन नगरी स्वस्थ जन्मँदा मलाई पनि आश्चर्य लागेको थियो।’

भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए शल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। डाक्टर पोखरेलका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ। रसुवा अस्पतालमा यसअघि पाँच किलो तौलको बच्चाको जन्म भएको छैन।  

५ किलोको बच्चा सामान्य रूपमा जन्मनु असाधारण भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अनिल खरेलले बताए। अनेकौ प्रयासले गर्दा अड्किएको बच्चा निकाल्न सफल भएको उनले बताए। अप्रेसन गर्नुपर्ने बच्चा साधारण तरिकाले निकाल्न सक्नु अस्पतालको ठूलो उपलब्धि हो।

प्रकाशित: ११ पुस २०७७ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App