१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतबाट हतियार खरीद गरी नेपाल ल्याउने दुई जना पक्राउ

भारतबाट हतियार खरीद गरि नेपालमा ल्याएर बिक्री गर्ने समूहका दुई जनालाई बुधबार सुनसरी कोशी गाउँपालिका क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कोशी गाउँपालिका वडा नं. ८ का ३५ वर्षे मुक्तार मियाँ र सोही वडाका २७ वर्षे सद्दाम मियाँलाईं पक्राउ गरेको हो। कोशी वडा नं. ८ भाण्टाबारीमा केही युवाले भारतबाट हातहतियार खरीद गरि नेपालमा ल्याएर बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले निगरानी गर्दा दुई जना पक्राउ परेका हुन्।  

को. ३६ प २३९० र बीआर–५० सि ०२४४ नं. को दुईंवटा मोटरसाइकललाई रोकी चोकजाँच गर्दा सद्दामले कम्मरको दाया र वाया पटी भिरी लुकाई छिपाई राखेको अवस्थामा दुई थान कटुवा पेस्तोल र कालो प्लाष्टिकमा बेरी सोहि पेस्तोलमा लाग्ने गोली पाँच राउन्ड फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो। पक्राउ परेका दुवैलाईं मूलुकी अपराध (संहिता) २०७४ अनुसार मुद्दा चलाएर अनुसन्धान थालिएको छ।

प्रकाशित: ८ पुस २०७७ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App