१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेफ सन्तोष शाहः छोराको ख्याति देखेर आमा दङ्ग, भन्छिन्, 'बिहे हेर्ने रहर छ'

ब्रिटेनमा प्रसारण भैरहेको पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूकेको 'उत्कृष्ट तीन'मा पुग्न सफल नेपाली सेफ सन्तोष शाहकी आमा सुमारीदेवी शाह छोराको सफलता र चर्चा सुनेर अहिले दङ्ग छिन्।

सानैमा बावु गुमाएका छोरा सन्तोषले पनि आफूले प्राप्त गरेको सफलतामा आमाको ठूलो हात रहेको र सफलताको श्रेय आमालाई जाने बताउँदै आएका छन्।

हाल सिराहास्थित आफ्नो घरमा रहेकी शाहकी वृद्ध आमा सुमारीदेवीले बीबीसी नेपालीसँग कुरा गर्दै भनेकी छन्, 'सबै राम्रो भएको छ अब छोरोको बिहे हेर्ने रहर मात्र बाँकी छ।'

नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन्। योसँगै उनी फाइनल राउन्डमा प्रवेश गरेका छन्। 'बीबीसी वान' मा प्रशारित फाइनल राउन्डको पहिलो चरणबाट ७ प्रतियोगीबाट अघि बढ्दै  उनी टप ३ मा पुगेका हुन्। शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन्।

सन्तोषले आफू १२ वर्षको हुँदा स्थानीय नहरमा काम गर्दाको समयलाई सम्झदै आफ्नी आमाका लागि परिकार बनाए। कामको बीचको ब्रेक हुन्थ्यो । ब्रेकमा आमाले उनलाई खाजा ल्याइदिन्थिन्। आमा–छोरा दुबै सँगै खान्थे। उनले आफ्नो विशेष समयलाई स्मरण गर्दै अन्जिर र अदुवा भरेर चिप्ली भिन्डी तारे, आँप र नरिवलको चटनी बनाए, आलु, मेथी र अनारको सलाद बनाए, केसर हालिएको भात, गँगटोको तरकारी सस, तारेको हरियो खुर्सानीसँगै पुरी बनाए। साथै उनले चकलेट र ऐंसेलुको सम्मिश्रणले उत्कृष्ट पकवान तयार पारे।

प्रकाशित: २ पुस २०७७ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App