coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'बीबीसी मास्टर सेफ' को फाइनलमा भिड्दै साह

'बीबीसी मास्टर सेफ प्रोफेसनल्स्' प्रतियोगिताको शीर्ष ४ जनामा छानिएका सन्तोष साह अन्तिम फाइनलको लागि आज साँझ भिड्दै छन्। साहले मंगलबार साँझ कोदोको खिर बनाएर  शीर्ष ४ जना भित्र पर्न सफल भएका थिए।

'बीबीसी वान' मा प्रशारित फाइनल राउण्डको पहिलो चरणबाट ६ प्रतियोगीबाट अघि बढ्दै  उनी टप ४ मा पुगेका हुन्। आज साँझको एपिसोडबाट एक जना बाहिर रहने छन्। बाँकी तीन जना फाइनलमा पुग्ने छन्।

साहले आगामी दुई एपिसोडको लागि नेपाली खानाका परिकारको तयारी गरेको जानकारी नागरिकन्यूजलाई दिए। 'मैले २ सय प्रकारको नेपाली खानाको तयारी गरेको छु सबै देखाउने इच्छा थियो तर त्यो सम्भव हुँदैन तर पनि लोकप्रिय खाना पस्किन प्रयास गर्ने छु' शाहले भने।

उनले बीबीसी मास्टर सेफको लागि राँगोको मासु, जिम्बु, भटमास, गुन्द्रुक रायो साग, मःम, थुप्पा, चाउमिन, छ्याग, आइला जस्ता खाना बनाउने तयारी गरेका छन्।  

'इन्भेन्सन् राउण्ड' मा सन्तोषले डिजर्टको रुपमा कोदोको खीर, आँपको कुल्फी, तराईमा प्रचलित आँपको 'अमौरा' बनाएका थिए।

सन्तोषले  प्रतिस्पर्धा जित्नु भन्दा ठूलो नेपाली खानालाई चिनाउने रहेको बताए।

साहले भने 'मैले केही नेपाली खाना चिनाउन सफल भए त्यसैले नेपालीको जित भैसक्यो जस्तो लाग्छ तर बाँकी एपिसोडमा टाइटल जित्ने प्रयास गर्ने छु।'

 

 

प्रकाशित: १ पुस २०७७ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App