१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै

मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायतको टोली चैत २४ गते काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न स्थानहरूमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरूमा संलग्न हुने पाटा नेपाल च्याप्टरले जनाएको छ।

'विदेशीलाई बलजफ्ति पिज्जा, बर्गर खुवाएका छौं'

बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साह अहिले पोखरामा छन् । खानाको पहिचान दिलाउन सक्ने हो भने नेपालमा विदेशी पर्यटक भित्र्याउन सघाउ पुग्ने साहको भनाई छ ।

मास्टर सेफ सन्तोष साह भन्छन्ः पोखराको खाना साच्चै मिठो छ

पोखराका होटल तथा रेस्टुरेन्टको खाना तथा सरसफाई र स्वच्छता गर्व गर्न लायक रहेको बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साहले बताए ।

मौलिक खानाको ब्रान्डिङले पर्यटक ल्याउन सकिन्छ: साह

‘नेपालमा हरेक समुदायपिच्छे फरक खानाका परिकार छन्,’ उनले भने, ‘देशको भूगोल अनुसारका खानाले विश्वको ध्यान तान्न सक्छ।’ उच्च हिमालीदेखि तराई र पहाडको मौसम अनुसारको खानाले पर्यटन पवर्धनमा सहयोग गर्ने उनको विश्वास छ। खाना र आवासको व्यवस्थापनमा उचित ध्यान दिन सके नेपाली खानाप्रतिको विदेशी भम्र चिर्न सहयोग पुग्ने उनको धारणा छ।

सन्तोषको सफलताले कर्जन्हा गदगद

रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ को उपाधि जित्न नसके पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छन् सिरहाका सन्तोष साह। उनी मधेस, पहाड र हिमालको खान्की पस्केर ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको उपविजेता बन्न सफल भएका छन्। पाककलाको प्रतिस्पर्धा हुने यो रियालिटी सोमा व्यावसायिक सेफहरूले भाग लिन्छन्। नोभेम्बरको दोस्रो साता सुरु भएको प्रतियोगिता सात सातासम्म चलेर बिहीबार अन्तिम चरण सम्पन्न भएको छ।

सन्तोषको गाउँमा खुसीयाली, के भन्छिन् आमा ?

पाक कलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरशेफ यूके’ मा सिरहाका सन्तोष साह पहिलो नभए पनि चर्चाको शिखरमा पुगे। देश तथा आफ्नो गाउँको नाम देश विदेशमा परिचित हुँदा उनको परिवार र गाउँलेहरु दंग छन्। बिहिबार भएको फाइनलमा सन्तोष उत्कृष्ट तीनमा परेपछि उनकी आमा सुमारीदेवी खुसीले गदगद छिन्।

'बीबीसी मास्टर सेफ' को फाइनलमा भिड्दै साह

समाचारको 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स्' प्रतियोगिताको शीर्ष ४ जनामा छानिएका सन्तोष साह अन्तिम फाइनलको लागि आज साँझ भिड्दै छन्। साहले मंगलबार साँझ कोदोको खिर बनाएर शीर्ष ४ जना भित्र पर्न सफल भएका थिए।

कोदोको खिर बनाएर साह पुगे बीबीसी मास्टर सेफको शीर्ष ४ मा

नेपाली सेफ सन्तोष साह 'बीबीसी मास्टर सेफ' को शीर्ष चौंथो स्थानमा पुगेका छन्। शीर्ष ६ मा रहेका उनी कोदोको खिर बनाउँदै शीर्ष ४ मा उक्लिएका हुन्। उक्त कार्यक्रम मंगलबार बीबीसी वानमा प्रशारण हुन्छ।

सन्तोष साह : सिरहादेखि बीबीसी मास्टर सेफ यात्राका आरोह अवरोह

सायद एसएलसी परीक्षा उत्तिर्ण भएको भए सन्तोष साहको जीवनले नयाँ मोड लिने थियो। तर उनले आफ्नो शैक्षिक जीवनमा त्यो सपना पुरा गर्न पाएनन्। घरको आर्थिक अवस्थाका कारण उनलाई सानै उमेरमा दवाव पनि थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्