७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अफिमसहित एकजना पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय र लागू औषध ब्यूरो सुर्खेतको टोलीले लागू औषध अफिमसहित रुकुम पश्चिमबाट एकजनालाई पक्राउ गरेको छ । सानोभेरी गाउँपालिका–३, गरायलाबाट सोही गाउँपालिका–६, कोटका ५३ वर्षीय गोरख कुसारीलाई पक्राउ गरेको हो ।

अन्दाजी दुई केजी सात सय ग्राम लागू आषैध अफिमसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सुराकीको आधारमा कुसारीलाई खानतलासी गर्दा अफिम फेला परेको थियो।  

प्रकाशित: १ पुस २०७७ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App