६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काम खोज्दै भारत पुगेका दुई नेपाली किशोरी दुई महिनादेखि बलात्कारको शिकार

कामको शिलशिलामा भारत पुगेका दुई नेपाली किशोरी दुई महिनादेखि बलात्कृत भएको घटना सार्वजनिक भएको छ। उत्तर प्रदेशको पिलिभित गाउँमा आमा बुबासँगै काम गर्न गएका ती दिदीबहिनी नेपालको कन्चनपुर निवासी रहेको भारतीय सन्चार माध्यमले जनाएका छन्। १४ र १५ वर्षीया ती किशोरी आमाबुबासँगै बस्दै आएका थिए। उनीहरुले पुरनपुर प्रहरी चौकीमा निबेदन दिँदा पनि प्रहरीले सो निबेदन दर्ता नगरेको खुलेको छ। अहिले प्रहरीले बलात्कारीविरुद्ध उजुरी दर्ता गर्ने आश्वासन दिएको छ।

सत्नाम सिंह नाम गरेका व्यक्तिले युवतीहरुलाई दुई महिनादेखि बलात्कार गर्दै आएको खुलेको छ। बालिकाका परिवार अभियुक्त सिंहकै घरमा भाडामा बस्ने र त्यही एउटा फार्ममा काम गर्ने गरेको भारतीय प्रहरीले बताएको छ। यसअघि उनीहरु सोही गाउँको अर्कौ फार्ममा काम गर्थे। पछि सत्नाम (बलात्कारको आरोप लागेका)को फार्ममा काम गर्न आएको बताइएको छ। सिंहले किशोरीका आमाबुबालाई दुर्व्यवहार र कुटपिट गर्ने गरेको पनि खुलेको छ।

लगातारको कुटपिट र यौन शोषणपछि किशोरीका आमाबुबाले सत्नामको घर छोड्ने निधो गरे र १० दिनअघि उनीहरु पुरानै फार्ममा फर्किएका छन्।

एसपी प्रकाश यादवले पीडितहरुको निबेदन डिजिपीसामु पुर्‍याएको बताएका छन्। कानुन अनुसार अभियुक्तलाई सजाय र पीडितहरुले न्याय पाउने एसपी यादवले बताए। साथै भारतीय प्रहरीले घटनाबारे भारतस्थीत नेपाली दूतावासलाई पनि जनाकारी गराउने तयारी गरेको छ। यदि अपराध ठहर भएमा दोषीलाई कडा कारबाही हुने एसपी यादबले बताए।

प्रकाशित: ३० मंसिर २०७७ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App