प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस डोल्पाले सरकारको जनविरोधी कामको विरोध गर्दै सोमबार डोल्पाको सदरमुकाम दुनैमा वृहत विरोध प्रदर्शन गरेको छ। वर्तमान सरकारलाई भ्रष्टचार कुशासन र अधिनाकवादीशैलीको आरोप लगाउदै कांग्रेसले डोल्पामा विरोध प्रदर्शन गरेको हो। ८ ओटा स्थानीय तह रहेको डोल्पाका ग्रामीण बस्तीहरुबाट सयौंका संख्यामा आएका कांग्रेसका नेता कार्यकर्ताहरुले सर्वसत्तावाद ओली सरकार मुर्दावाद, भ्रष्टचारी सरकार मुर्दावाद भन्ने नारा लगाउँदै दुनै बजारको परिक्रमा गर्दै विरेन्द्र चोकमा आएर कोण सभाको आयोजना गरेका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाको प्रमुख आतिथ्य तथा सभापति अंगत बुढाको सभापतित्वमा विरोध सभा गरेको हो। नेपाली जनताको अथकआन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक साशन व्यवस्थालाई संस्थगत गर्नुको सट्टा भ्रष्टचार कुशासन अधिनायकवादी शैली अपनाउदै दमनकारी नीति अख्तियार गर्दै अगाडि बढिरहेको बताए। तानाशाहा र हिटलर प्रवृत्ति अपनाएर अधिनायकवादी तरिकाले ओली सरकार अगाडि बढ्दा देशमा दिनप्रतिदिन महिला हिंसा बलात्कार भ्रष्टचारका घटना बढ्दै जानुका साथै ओलीको केन्द्रिय सर्वसत्तावाद अधिनायकवादी शैलीको सिको गरेर स्थानीय तहमा रहेका नेकपाका छोटे भ्रष्टचारी राजाहरुले पनि नियम कानूनलाईसमेत मिचेर भ्रष्टचार गरिरहेको केन्द्रय सदस्य बुढाले दाबी गरेका थिए।
नेपाली कांग्रेस डोल्पाका सभापति अंगत बुढाले कोण सभालाई सम्बोधन गर्ने क्रममा विश्व महामारीको रुपमा सृजित कोरोनाको नाममा ओली सरकार र उनका छोटे राजाहरुको देश लेट्ने भरिलो माध्यम बनेको बताए। आफु विगत देखि जिल्लामा भइरहेको भ्रष्टचार विसंगती र कुशासनको विरुद्ध लड्दै आइरहेको र जनताको हित विपरित हुने कुनैपनि किसमिको सम्झौतामा आफूले आफ्नो स्वाभिमानी नविग्ने बताए। विरोध कोण सभालाई नेपाली कांग्रेकी नेतृ तथा पुर्व सासंद दुधकुमारी हमाल,पुर्वपार्टी सभापति टंकप्रसाद उपाध्याय महासमिति सदस्य गौरी शंकरउपाध्याय दिलबहादुर विष्ट तरुणदल अध्यक्ष तुलबहादुर बोहरा लगायतले ओली सरकारको जनविरोधी कार्यको विरोध गरेका थिए।
प्रकाशित: २९ मंसिर २०७७ १०:४९ सोमबार





