४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सुर्खेत र रुकुम पश्चिम जोड्न सानीभेरीमा पुल

मध्यपहाडी लोकमार्ग हुँदै प्रदेश राजधानी सुर्खेत जोड्न रुकुम पश्चिम सानीभेरी नदीमा मोटरेबल पुल निर्माण गरिएको छ। सानीभेरी गाउँपालिका–८ को मध्यपहाडी लोकमार्ग  र ३ नम्बरको गरायला जोड्ने गरी बनेको यो पुलबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै देशका अधिकांश ठाउँमा जान सकिने छ। पुल निर्माण भएपछि सल्यान घुमेर सुर्खेत जानुपर्ने बाध्यता टरेको छ। पुल निर्माणपछि प्रदेश राजधानी पुग्न झण्डै १६८ किलोमिटर दूरी मात्रै पार गर्नुपर्ने छ। यो पुल नबन्दा सल्यान भएर ३४० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता थियो।

उक्त पुल पाँच वर्षअघि नै बन्नुपर्ने हो तर निर्माण कम्पनीको लापरबाहीले तीन पटकसम्म म्याद थपेर बल्ल पुल निर्माणको काम सकिएको हो। पुलले प्रदेश राजधानी सुर्खेतका साथै सानीभेरी गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडासमेत जोडेको छ। आठबीसकोट नगरपालिका र डोल्पा जोड्ने सडकका लागि पनि यो पुल महत्वपूर्ण मानिएको छ। सिम्लीबाट यो पुल तरेर गरायलाबाट रिम्ना जाजरकोट हुँदै सुर्खेत जान सजिलो हुन्छ भने उत्तरपट्टीका वडा सानीभेरी गाउँपालिकासँग सजिलै जोडिएका छन्।

पुल निर्माणको जिम्मा बीक्यु विल्डर्स, काठमाडौँले लिएको थियो। पुलमा सवारी साधन गुड्न थालिसकेका छन्। सात करोड ८२ लाख रुपैयाँको लगानीमा पुल निर्माणको काम सकिएको सडक डिभिजन कार्यालय, चौरजहारीले जनाएको छ। रासस

प्रकाशित: २७ मंसिर २०७७ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App