९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ उचाइको रणनीतिक प्रतीकात्मकता

मंसिर २३ मा नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर रहेको घोषणा गरे। यो उचाइ यसअघिको भन्दा ८६ सेन्टिमिटरले बढी छ। सामरिक, राजनीतिक र आर्थिक विकासको पृष्ठभूमिका यो संयुक्त घोषणाले तीन हिसाबले रणनीतिक महत्व राख्छ।  

पहिलो हो, विश्वको प्रमुख शक्तिका रूपमा हालै विकास भएको चीनको आत्मविश्वास। सगरमाथाको उचाइ ८८४८ मिटर सन् १९५० मा सर्भे अफ इन्डियाले तय गरेको थियो। त्यसपछि इटाली, चीन र अमेरिकाले उचाइ नाप्ने प्रयास गरेका थिए तर सुरुको घोषणा नै सार्वजनिक तथा वैज्ञानिक लेखहरूमा मुखरित हुँदै आयो। नेपाल र चीनको नयाँ घोषणाले सुरुको उचाइलाई प्रतिस्थापन किन गर्छ भने यसलाई दुवै महŒवपूर्ण सरोकारवालाले स्वामित्व ग्रहण गरेका मात्र छैनन्, एक्काईसौं शताब्दीमा उदाउँदो शक्ति राष्ट्र चीनको समर्थन छ। तत्कालीन सर्भेयर जनरल अफ इन्डिया सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामकरण भएको थियो। 

त्यसअघि ‘पिक एस्कभी’ नामबाट चिनिने सो चुचुरोसँग उनको कुनै नाता थिएन। १९औं शताब्दीमा विश्वको प्रमुख शक्ति राष्ट्र बेलायत भएका बेला त्यहाँको रोयल जोग्राफिक सोसाइटीले सर जर्जलाई सन् १८६५ मा सम्मान गरेको थियो। त्यति बेला एसियाका स्थानीय सरोकारवालाको यसमा कुनै भूमिका थिएन। सन् २०२० मा चीनको समर्थनमा भएको नयाँ उचाइ घोषणाले विश्वले यो उचाइलाई मान्यता नदिने डर कम छ। सन् १९५० वा सन् २००० जस्तो चीन अब छैन।

यस्तै दोस्रो पक्ष के हो भने नेपालको शक्तिशाली छिमेकी राष्ट्रसँगको सहयोगमा विषमता छ। नेपालले सन् २०२० को अधिकांश समय कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सिमानाबारे भारतसँगको विवादमा बितायो। यो सीमाक्षेत्र चीनसँग पनि जोडिएको छ। पछिल्ला सातामा भएका उच्चस्तरीय भ्रमणले हालै दुई देशको सम्बन्ध सामान्यीकरण हुँदैछ तर यो तत्काल समाधान हुन सक्ने देखिन्न।  

चीन पनि भारतसँग सीमा विवादमा छ र सीमाको विषयमा यी दुई राष्ट्रको लडाइँसमेत भएको छ। तर यसविपरीत नेपाल र चीनले आप्mना सीमा विवादलाई सौहाद्र्रपूर्ण हिसाबले संवादबाट सल्टाएका छन्। यो विषयमा सन् १९६० मा चीनका नेता माओ जेदुङसँग नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले प्रस्टरूपमा समकक्षीको हैसियतमा सगरमाथा नेपालको रहेको अडान राखेका थिए। त्यसपछि यो चुचुरो साझा रहेको भनेर दुवै देशले स्वीकार गरेका थिए।  

तेस्रो पक्ष भनेको विश्वव्यापी आर्थिक गुरुत्वाकर्षणको केन्द्रमा भएको परिवर्तन हो। सिंगापुरस्थित लि क्वान यु स्कुल अफ पब्लिक पोलिसीका डिन प्राध्यापक ड्यानी क्वाका अनुसार सन् १९८० मा विश्व अर्थतन्त्रको गुरुत्वार्षण केन्द्र मध्य–एट्लान्टिक थियो तर सन् २००८ मा आइपुग्दा चीन तथा अन्य पूर्वी एसिया राष्ट्रको उदयका कारण त्यो शक्ति हेल्सिन्की र बुखारेस्टबाट पूर्वतर्फ स्थानान्तरित भएको छ।  

पृथ्वीका ७०० स्थानमा भएको आर्थिक वृद्धिलाई आकलन गरेर हिसाब गर्दा विश्वको आर्थिक गुरुत्वाकर्षण केन्द्र सन् १९८० को तुलनामा सन् २०५० मा ९ हजार ३ सय किलोमिटर स्थानान्तरण हुनेछ, जुन पृथ्वीको व्यास भन्दा साढे १ गुणाले बढी हो।  

पृथ्वीको सतहबाट हेर्दा आर्थिक गुरुत्वाकर्षणको केन्द्र नेपालसँग नजिक रहनेछ। प्रतीकात्मक हिसाबले सगरमाथाको चुचुरो २१औं शताब्दीको  

आर्थिक गुरुत्वाकर्षणको केन्द्र रहन सक्छ। यसले राजनीतिक र आर्थिक हिसाबले विश्वको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या बसोवास गर्ने एसियाको भूमिकालाई पुनस्र्थापना गर्नेछ, जसले सन् १८२० देखि २०२० बीचमा देखिएको अधोगतिलाई ऐतिहासिक अपवाद सावित गर्नेछ।  

(वाग्ले इन्सिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) का अध्यक्ष हुन्।)

प्रकाशित: २६ मंसिर २०७७ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App