प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन्। झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति र बा¥हदशीमा १–१, मोरंगको विराटनगरमा ९, बेलबारीमा २, सुनबर्षी, पथरीशनिश्चरे, सुन्दरहरैचा र उर्लाबारीमा १–१, इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा ५, चुलाचुली र स्थाानीय तह नखुलेका १–१, सुनसरीको धरान र इटहरीमा ४–४, इनरुवामा ३, रामधुनीमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५ सय २ पुगेको छ।
प्रदेश १ मा मंगलबार ६२ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ३६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, महालक्ष्मी जितपुर आईसोलेसन धनकुटाबाट ८, विराट मेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुने संख्या २३ हजार ४ सय ५ पुगेको छ।
प्रदेश १ मा आज ५ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ९८ हजार २ सय २५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: २४ मंसिर २०७७ १२:५३ बुधबार





