१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

लमजुङमा दुई मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

लमजुङको बेसीशहर नगरपालिका-६ बेलाउती बिसौनीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

बिहीबार साँझ भएको दुर्घटनामा परी घाइते हुनेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बेसीशहर-मनाङ-चामे सडकखण्डमा खुदीबाट बेसीसहरतर्फ आउँदै गरेको बा.प्र. ०२–०२८ प २४०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग २० प ४२८१ नम्बरको मोटरसाइकल साँझ पौने ६ बजेतिर एकआपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दुर्घटनामा परी ग २० प ४२८१ नम्बरको मोटरसाइकलको पछाडि सवार तनहुँको शुक्लागण्डकी नगरपालिका-५, नयाँगाउँ बस्ने १९ वर्षीय जेम्स पन्त गम्भीर घाइते भएका छन्। उनको दाहिने साप्रामा चोट लागेको छ।

सोही मोटरसाइकलका चालक लमजुङ बेसीसहर नगरपालिका-८ झ्याङखोला बस्ने ३२ वर्षीय रविन कुमार श्रेष्ठको अवस्था मध्यम रहेको छ। उनको दुवै हात, खुट्टा र छातीमा भित्री चोट लागेको छ।

यस्तै, अर्को मोटरसाइकलका चालक लमजुङ मर्स्याङ्दी गाउँपालिका-६ का २२ वर्षीय सुनिल गुरुङ र सोही मोटरसाइकलको पछाडि सवार १९ वर्षीय राजन गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

उनीहरूको क्रमशः हात र घुँडामा चोट लागेको छ। घाइते चारै जनालाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १५ माघ २०८२ १८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App