१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

नेपाली युवाको पचास बढी मिर्गौला बेचबिखन गर्ने चार जना पक्राउ

<br>

नेपाली युवाहरूलाई भारत लगी मिर्गौला निकालेर बिक्री गर्ने चार जना गिरोहलाई पक्राउ गरेको  नेपाल प्रहरी मानव बेचबिखन विरुद्धको ब्युरोले जनाएको छ । उनीहरुलाई बिहीबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार र राजेश परियार छन् भने काभ्रेका राज कुमार परियार छन् । 

पक्राउ पर्ने एक जनाको थप अनुसन्धानपछि मात्र सार्वजनिक गर्ने नेपाल प्रहरी वरिष्ठ उपनिरीक्षक कृष्ण प्रसाद पंगेनीले बताए । उनको अनुसार यो गिरोहले एक वर्ष भित्रमा ५० जना बढी नेपालीको मिर्गौला बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  

नेपाली तथा भारतीय गिरोह मिली नेपालका विभिन्न जिल्लाबाट मिर्गौला बेचबिखन हुने गरेको पाइएको छ । नेपाली गिरोहको केही व्यक्ति पक्राउ परेको र थप व्यक्तिलाई खोजी कार्य भइरहेको उपनिरीक्षक पंगेनीले नागरिकसँग बताए। भारतको नयाँ दिल्ली चण्डीगढ र नोयडा लगायत स्थानहरूमा लगेर मिर्गौला बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।  

ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार गिरोहले प्रत्येक व्यक्तिलाई ५ देखि ७ लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्‍याउने गरेका थिए । गिरोहले आर्थिक अवस्था कमजोर भएका युवालाई लक्षित गरी  धन्दा चलाएको पाइएको छ । गिरोहको सञ्जाल देशभरका विभिन्न जिल्लामा हुने गरेको प्रहरीको  अनुमान छ । मिर्गौला निकालिएका केही व्यक्ति प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले थप खोजी गरेको थियो ।

प्रकाशित: २२ श्रावण २०८२ १७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App