५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते

डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्।  

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र १००१ ज १२५४ नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएकी हुन्। 

बेहुलाको टाउकामा र बेहुलीका हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ। 
रासस

प्रकाशित: १८ मंसिर २०७७ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App