१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बुटवलमा सवारी दुर्घटनाः स्कुटर चालकको मृत्यु

बुटवलको मुख्य सडकमा बुधबार सानो ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।  

बुटवल राजमार्ग चौराहबाट पुष्पलालपार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रक (लहरी)ले सोही दिशातर्फ जादै गरेको लु ४९ प २०५ नम्बरको स्कुटरलाई लुम्बिनी प्रादेशिक अस्पतालको मूलगेट अगाडी ठक्कर दिएको हो। ठक्करबाट सडकमा शर्माको टाउको बजारिएको थियो। ट्रकका चालकलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रकाशित: १७ मंसिर २०७७ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App