१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सेनाको उपसेनानी हुँ भन्दै केटी भगाउने प्रहरी हिरासतमा

जनक केसी, जाजरकोट, फागुन १८- नेपाली सेनाको उपसेनानी (सेकेन्ड लेफिटनेन्ट) हुँ भन्दै युवती भगाउने एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ। जाजरकोटको लहँ गाविस-४, का २७ वर्षीय दिपक मल्लले नक्कली सेकेन्डलेफिटनेन्ट बनेर सक्ला-३, की उषा बस्नेत (नाम परिवर्तन) लाई भगाएको प्रहरीले जनाएको छ।

सेनाको पोषाक लगाएको फोटो देखाएर ती युवतीलाई मल्लले विहे गर्ने भन्दै गत माघ १५ गते खलंगा ल्याएका थिए। मल्ल सेनाको जागिरे नभएको चाल पाएपछि युवतीले शुक्रबार जिल्ला प्रहरी कार्यालायमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। सुरुमा नारायण सिहं नाम बताउने मल्लले नेपाली सेनाका जागिरे कृष्ण विष्टको नाम लेखिएको पोषाक लगाएको देखेपछि शंका लागेको ती युवतीले बताइन्।

मल्लका  यसअघि नै दुईटी श्रीमती र उनीहरुबाट जन्मेका ३ छोरी र एक छोरा छन्। सुरुमा ती युवतीसँग फोन हुँदा आफू सेनाको उपसेनानी भएको बताएपछि उनी पनि विश्‍वास गरेर उसलाई भेट्न र विहे गर्न तयार भएकी थिइन्। मल्लले केही साथीलाई नक्कली सिपाही बनाएर आफ्नो अगाडि फोन गर्न लगाउँदै झुटा कुरा गर्ने गरेको पीडित युवतीले बताइन्। आफूलाई भगाएर लगेपछि विभिन्न शंकास्पद् गतिविधि देखेपछि सत्य खोजी गर्दा मल्ल नक्कली भएकाले प्रहरीमा उजुरु दिएको बस्नेतले बताइन्।

अभियुक्त मल्ललाई मानव बेचबिखन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक चित्रबहादुर गुरुङले बताए। अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १८ फाल्गुन २०६९ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App