१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा एक पुरुषको शंकास्पद अवस्थामा मृत्यु

रौतहटमा एकजना दलित पुरुषको शंकास्पद अवस्थामा शव बरामद भएको छ। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअबा घर भएका करिब ४५ वर्षीय दशैं राम चमारको माधवनारायण नगरपालिका वडा नम्बर ४ मानपुर विशुनपूर्वा र वडा नम्बर ५ मिठुअबा गाउँको बीचमा रहेको बाँसघारीमा सोमबार शंकास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो।

शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको देखिएकोले कुटपिट वा अन्य कारणले मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन्। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने एसपि शाहको भनाइ छ। रामको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पुर्‍याइएको छ।

प्रकाशित: १५ मंसिर २०७७ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App