२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा एन्टिजेन परीक्षण सुरु

सरकारले कोरोना परीक्षणमा सोमबारदेखि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ। सुरुमा काठमाडाैं महानगरपालिकाका विभिन्न जोखिम स्थान पहिचान गरी परीक्षण गर्न लागेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए।

कोरोना पहिचानमा एन्टिजेन परीक्षण विधि पछिल्लो हो। यो विधिअनुसार परीक्षणको रिपोर्ट आधा घण्टाभित्रै दिन सकिन्छ भने कुनै पनि व्यक्तिको शरीरमा कोरोना संक्रमण हुन लागेको दुई÷तीन दिनभित्रै भाइरस पत्ता लाग्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता छ। काठमाडौं महानगरपालिकाको ४, ७ र ९ वडामा पहिलो सोमबार र मंसिर १७ मा १४, १६ र १० वडाका जोखिम स्थान तोकी परीक्षण हुने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख हरि कुवँरका अनुसार वडाका जोखिम स्थान सम्बन्धित वडाले छनोट गरेका हुन्। ‘सम्बन्धित वडाले जोखिमस्थान पहिचान गरेपछि हरेक वडामा ५ सयका दरले परीक्षण गरिनेछ,’ उनले भने।

एन्टिजेन परीक्षण सरकारले पहिलोपटक समुदायस्तरमा सुरु गर्न लागेको हो। एनआरएन जापानले सरकारलाई सहयोग गरेका १७ हजार किट समुदायमा परीक्षण गर्न लागेको महाशाखाले जनाएको छ। सुरुमा ७ हजार पठाएको सबै प्रदेशमा वितरण गरेको र दोस्रो चरणमा आएका १० हजार किट उपत्यकामा परीक्षण गर्न लागेको महाशाखाका कन्ट्याक्ट टे«सिङ शाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले बताए। पौडेलका अनुसार सोमबार महानगरपालिकाका जोखिम स्थान गौरीघाट, चाहविल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा परीक्षण हुँदैछ।

विश्व स्वास्थ्य संगठनले नेपालका लागि १ लाख एन्टिजेन परीक्षण किट उपलब्ध गराउने निधो गरे पनि अहिलेसम्म नआइपुगेको महाशाखाले जनाएको छ। विश्व स्वास्थ्य संगठनले १ लाख किट दिएपछि नेपालले थप ३ लाख एन्टिजेन किन्ने तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।

प्रकाशित: १५ मंसिर २०७७ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App