१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थप १३ सय ८० जनालाई कोरोना संक्रमण, १९ को मृत्यु

पछिल्लो २४ घन्टामा थप १ हजार ३८० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १९ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ५४ पुगेको छ।  

हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ रहेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा ५१५ जना कोरोना मुक्त भएका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ रहेको छ।  

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ भने ६१८ जना क्वारेन्टिनमा रहेका छन्।  

प्रकाशित: १३ मंसिर २०७७ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App