१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जन्ती बोकेको जिप दुर्घटनामा पाँचको मृत्यु

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। आठवीसकोट नगरपालिका–८, दाँजेबाट घारीखोला जन्ती लिएर जाँदै गरेको रा१ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको हो।

आठवीसकोट नगरपालिका–८ का ५१ वर्षीय कलीभान नेपाली, सोही गाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ। ५८ वर्षीय लालबहादुर नेपालीको भने उपचारका लागि नेपालगन्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता तथा प्रहरी निरीक्षक हरिबहादुर ओलीले जानकारी दिए। जीप चिप्लिएर दुर्घटना भएको बताइएको छ। जीप सडकबाट करिब एक सय मिटर तल खसेको स्थानीयहरुले बताएका छन्।

प्रकाशित: १३ मंसिर २०७७ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App