१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगको टोली जुम्लामा

बेपत्ता छानविन आयोगमा परेका उजुरी उपर जानकारी दिदैँ आयोगका सदस्य डा. गंगाधर अधिकारी। तस्वीर: डिबी/नागरिक

द्वन्द्वकालमा बेपत्ता पारीएका व्यक्तिको पहिचान गर्न बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगको टोली जुम्ला पुगेको छ। आयोगका सदस्य डा. गंगाधर अधिकारीको टोली जुम्ला पुगेको हो। टोलीले जुम्लामा बेपत्ता पारीएको उजुरी परेकाहरुको पहिचान गर्ने सदस्य अधिकारी बताउँछन्।  

बेपत्ता पारीएकाहरुको सत्यतथ्य अनुसन्धान गरी पहिचान गर्ने, दोषि उपर कार्वाही सिफारिस गर्ने र छानबिन गर्ने काम यो आयोगको रहेको उनी बताउँछन्। टोलीले २०५२ साल फागुन १ गतेदेखि २०६३ माघ ५ गते सम्म बेपत्ता पारीएका व्यक्तिको अनुसन्धान गर्ने छ। तत्कालिन रुपमा देखिएको द्वन्द्व निरुपण गर्ने र भविष्यमा द्वन्द्व दोहोरिन नदिने वातावरण आयोगले सिर्जना गर्नेछ।

आयोग गठन भएको लामो समय सम्म पनि पिडित सम्म पुग्न सकेनौँ। गत चैत महिना भित्र पिडितको दैलो सम्म पुग्ने योजना बनाएका थियौँ। तर बाधक कोरोना भाइरस बन्यो,सदस्य डा. अधिकारीले भने,‘तर पिडितलाई न्याय दिलाउने कुराका निकै गम्भीर हुनेछौँ। विस्तृत अनुसन्धानको पहिलो चरणमा प्रवेश गरेका छौँ। अब बेपत्ता पारीएका ब्यक्तिको छानविन शुरु भइसकेको छ। सत्यतथ्य बाहिर ल्याउने प्रयत्न अधिकतम रुपमा हुनेछ। ’

सदस्य अधिकारीले बेपत्ताको शव उत्खनन देखि डिएनए परिक्षणका लागि टोली निर्माण भइसकेको समेत जानकारी दिए। आयोगको गठन भएदेखि अपेक्षाकृत काम गर्न सकेका छैनौँ,जताततैबाट गुनासो खेपिरहेका छौँ, उनले थपे,‘अहिले तत्कालिन कर्णाली अञ्चललाई प्राथमिकतामा राखेर काम अघि बढाएका छौँ। पिडितको पहिचान गर्ने देखि परिचय पत्र बाँड्ने सम्मको काम हुनेछ। तर वास्तबिक बेपत्ता नागरिकको पहिचान दिलाउनको लागि सबैको साथको अपेक्षा गरेका छौँ। ’

उजुरीकर्ताले दिएको उजुरी भन्दा बलियो प्रमाण केही हुनेवाला छैन्। एउटालाई न्याय दिने सवालमा अर्कोलाई अन्याय हुन दिदैनौँ। सके वडा नसके पालिकास्तरमा पुगेर भएपनि वास्तबिक पिडितको पहिचान गर्नेछौँ, सदस्य डा. अधिकारीले थपे,‘प्रत्येक उजुरी कर्ता संग टेलिफोन भएको छ। वास्तविक पिडितको परिचय स्पष्ट पार्दै पिडितको नाममा आएको राहत पनि पिडितले नै पाउने वातावरण बनाउँदैनौँ। यसअघि जस्तो पिडितको नाममा आएको राहत सबैले पाउदैनन्। ’देशभर बेपत्ता पारीएका ब्यक्तिको नाममा ३ हजार २ सय २३ उजुरी परेका छन्। जसमध्ये २ हजार ५ सय २३ उजुरी उपर विस्तृत अनुसन्धान गरिने छ। आयोग अनुसन्धानका लागि तत्पर देखिन्छ।  

बेपत्ताको सुचिमा रहेका २६ जना नागरिक आयोगको सम्पर्कमा पुगिसकेका छन्।  बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोगका अनुसार कर्णाली प्रदेशमा ४ सय ४ वटा उजुरी परेका छन्। जसमध्ये ३ सय २० उजुरी उपर विस्तृत अनुसन्धान कार्य अघि बढेको छ। कालिकोट र मुगुमा पनि आयोगको टोली पुगेर काम अघि बढाइरहेको छ।  

कालिकोटमा ४५,जुम्लामा २०,मुगुमा २५, डोल्पामा ६ र हुम्लामा ४ वटा उजुरी परेका छन्। आयोगमा उजुरी नपरेका तर बेपत्ता भएकाहरुले पनि आयोग समक्ष थप उजुरी दिन सक्नेछन। द्धन्द्धका कारणले बेपत्ता भएकाहरुको मात्र छानविन हुने भएकोले उजुरी दिदा ख्याल गर्न आग्रह गरिएको छ। 

प्रकाशित: १२ मंसिर २०७७ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App