चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन्। पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन्।
पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए। उनले दिएको जानकारीअनुसार चट्याङ लागेर भेडाबाख्रा मरेको खबर पाएपछि इलाका प्रहरीचौकी स्वामीकार्तिकबाट प्रहरी टोली सो स्थानतर्फ गएको छ।
यसैगरी मङ्गलबार वनमा चराएर घर ल्याउने क्रममा पहिरो जाँदा जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा १३ बाख्रा मरेका थिए भने ३८ भेडाबाख्रा बेपत्ता भएका थिए। मङ्गलबार नै त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कूलबहादुर साउँदका तीन बाख्रा गोठमा चट्याङ लागेर मरेका थिए।
प्रकाशित: १७ वैशाख २०८३ १३:०१ बिहीबार





