१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठको कोरो प्रहार गरेर रौतहटमा एक व्यक्तिको हत्या

जग्गा विवादमा रौतहट तीन जना मिलेर एक जनालाई काठको कोरो प्रहार गरी हत्या गरेका छन्। रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ भिमडावर गाउँमा जग्गा विवादमा काठको कोरो प्रहार गरेर एक ५० वर्षीय व्यक्तिको बुधबार हत्या गरिएको छ।

गरुडा नगरपालिका वडा नम्वर ७ भिमडावर गाउँमा ५० वर्षीय फतिंगा ठाकुरलाई छिमेकीहरु ५५ वर्षीय ज्ञानी ठाकुर, ४५ वर्षीय ध्यानी ठाकुर र ३५ वर्षीय नागेन्द्र ठाकुरले काठको कोरोबाट टाउकोमा प्रहार गरेर हत्या गरेका हुन्।  

फतिंगा ठाकुरले उपभोग गर्दै आएको जग्गालाई तीनै दाजुभाइले आफ्नो जग्गा हो भनेर धेरै पहिलादेखि विवाद गर्दै आएका थिए। सोही क्रममा आज विहान १० बजेको समयमा विवादले उग्र रुप लिदा दुवै पक्ष बीच हात हालाहाल भई काठको कोरोबाट प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

गरुडास्थित सिटि अस्पतालमा उपचारको क्रममा फतिंगाको ज्यान गएको जानकारी दिँदै इप्रका गरुडाका डिएसपी रवी रावलले मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको बताएका छन्। घटनामा संलग्न रहेका तीन दाजुभाइ मध्ये ध्यानी ठाकुर गाउँमै लुकीछिपी उपचार गराइरहेको अवस्थामा निजलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ भने फरार रहेका दुवै जनाको व्यापक खोजी कार्य भइरहेको डिएसपी रावलले जानकारी दिएका छन्।

प्रकाशित: १० मंसिर २०७७ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App