८ वैशाख २०८१ शनिबार
समाज

चकलेट किन्न गएकी बालिकाको अपहरणपछि हत्या

बलात्कारपछि हत्याको शंका, आक्रोशितले आरोपितको घर जलाए

हत्या गरिएकी बालिका। तस्विरः मिथिलेश/नागरिक

महोत्तरीको बर्दिबास– १४ बाट अपहरित ६ वर्षीया बालिकाको शव सोमबार अबेर राती हत्या गरी फालिएको अवस्थामा भेटिएको छ । घर नजीकैबाट आइतबार साँझदेखि हराइरहेकि शहिद आलमकी ६ वर्षीया छोरी गुलाब शाह खातुनको शव हत्या गरी बोरामा राखेर फालिएको अवस्थामा भेटिएको महोत्तरी प्रहरी प्रमुख एसपी टिकाबहादुर केसीले जानकारी दिए ।  

बर्दिबास—१४ स्थित सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा हत्या गरेर बोरामा राखेर झाडीमा फालेको बालिकाको शव भेटिएको हो । हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको एसपी केसीले बताए । उनका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन् । 

घटनाको विरोधमा उत्रेका आक्रोशित स्थानीयको भिड। तस्विरः मिथिलेश/नागरिक

 

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले बताएका छन् । आरोपीले बालिकाको बलात्कार गरेर हत्या गरेको हो वा होइन त्यो पोस्टमाटम रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नै नियन्त्रणमा लिएको एसपी केसीले बताए । बर्दिबासमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन् । आइतबार साँझ उनको पसलमा चकलेट किन्न गएको बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए । पछि बालिकाको हत्या गरेर बोरामा बाँधेर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार आइतबार साँझ बालिकाको बलात्कारपछि हत्या गरेर आरोपी साहले बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरी पसल खोलेका थिए ।

सोमबार साँझ मदिराको मातमा गौशालास्थित घर पुगेका आरोपीले आफू बालिकाको हत्या गरेको बताएका थिए । त्यपछि उनका परिवारजनले नै आरोपीलाई गौशाला प्रहरीको जिम्मा लगाएको थियो ।

गौशाला प्रहरीले सोमबार मध्य राति बर्दिबास प्रहरीलाई अरोपीत जिम्मा लगाएका थिए । त्यसपछि ती आरोपीतले बालिकाको शव फालेको स्थानमा देखाएका थिए । आइतबार साँझदेखि बालिकालाई प्रहरी, गाउँलले खोजी गर्दै आएका थिए ।  

आरोपीतको घरमा आगजनी
चकलेट किन्न गएकी बालिकालाई निर्मम हत्या गरेका आरोपी अरुण साहको बर्दिबास स्थित घरमा स्थानीय आक्रोशिकहरुको भींडले आगजनी गरिदिएका छन । आगजनी नियन्त्रणका लागि बारुण यन्त्र पठाएपछि घटनास्थलमा आक्रोशितको भिड पुग्न अप्ठ्यारो भैरहेको छ । एसपी केसीकाअनुसार भिडका कारण आगो नियन्त्रण आउन कठिन भैरहेको छ । घटनास्थलमा स्थानीयको प्रदर्शन रोक्न व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित: ९ मंसिर २०७७ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App