१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थप १९ सय ८० जनामा कोरोना संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ८० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा ३ हजार ४३ जना कोरोना मुक्त भएका छन्। यो सँगै देशभर कोरोना मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ रहेको छ।  

यस्तै, हालसम्म कोरोनाबाट संक्रमण हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। २४ घन्टामा थप १६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। यो सँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ रहेको छ।  

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ६२९ छ।  

प्रकाशित: ८ मंसिर २०७७ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App