१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बालिका बलात्कार अभियोगमा दुई पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पन्ध्र  वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।  कात्तिक २७ गते रातिको समयमा बालिका धारामा पानी लिन बलात्कारमा परेको उनले बताए। 

पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैँचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताए। किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: ६ मंसिर २०७७ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App