५ वैशाख २०८१ बुधबार
समाज

गाई खसालेर मारेको आशंकमा एकजना पक्राउ

गाई खसालेर मारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पुर्चौडी नगरपालिका–६ स्थित खानेपानीको मूहानमा ११ ओटा मरेका गाई फेला परेपछि पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक चन्द्र गिरीले जानकारी दिए। गाईलाई भीरबाट खसालेर मारेको आशंकामा पार्कीलाई नियन्त्रणमा लिएको हो।

सोही कार्यमा सलंग्न रहेको आशंका गरिएको पुर्चौडी नगरपालिका–५ का सुरेश पार्की  फरार रहेका छन्। पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ। पाटन नगरपालिकाबाट प्रति गाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ। नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि दुवै जनालाई प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाई जिम्मा लगाएको थियो। गाईको जिम्मा लिएर लगेका ती दुवै व्यक्तिले भीरबाट गाई खसालेपछि ती गाई पानीको मूहानमा परेका थिए।

पाटन नगरपालिकाले मरेका गाई व्यवस्थापन गर्ने  बताएको छ। पुचौडी नगरपालिका र पाटन नगरपालिकाका जनप्रतिनिधिबीच छलफल भएपछि मूहानमा मारेर फालिएका गाईको नगरपालिकाले व्यवस्थापन गर्ने सहमति भएको पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले बताइन्। मरेका गाईहरुलाई खाल्डोमा गाडेर व्यवस्थापन गरिने र पानीको मूहानलाई सफा गरिने उनले बताइन्।

प्रकाशित: ६ मंसिर २०७७ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App