७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश १ः ५ सय ६० जना डिस्चार्ज, २ सय १८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ५ सय ६० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ५ सय ४०, मेची अस्पतालबाट ७, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७ सय ८७ पुगेको छ।

प्रदेश १ मा २ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मोरङको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैँचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। सुनसरीको धरानमा २३, इटहरीमा २१, रामधुनीमा ३, इनरुवा, दुहबी, भोक्राहानरसिंहमा २–२ र बराहक्षेत्रमा १, झापाको दमकमा ११, विर्तामोडमा ७, मेचीनगर र झापा गाउँपालिकमा ५–५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, हल्दिबारीमा ३, कनकाईमा २, गौरादह, शिवसताक्षी र अर्जुनधारामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

पाँचथरको फिदिममा ११, संखुवासभाको खाँदबारीमा ४, इलामको इलाम नगरपालिकामा २ र माईजोगमाईमा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ३४ पुगेको छ।

प्रदेशमा बिहीबार ८ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ९९ महिला र १ सय १९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८१ हजार ३ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७७ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App