१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तिहारका सामानमा ठगी गर्नेका ढक जफत

भक्तपुर नगरपालिका अनुगमन समितिले भक्तपुरको मुख्य बजार टौमढीमा रहेका तिहारका पसलहरुको आइतबार अनुगमन गरेको छ। तिहारका लागि अति आवश्यक सामानहरुको बिक्री वितरणमा उपभोक्ता नठगिउन् भनेर अनुगमन गरिएको जनाइएको छ।  

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवम् भक्तपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा अनुगमन समितिका सदस्य एवम् ६ नं वडाका वडाध्यक्ष डा.हरिराम सुवालसहितको टोलीले टौमढीमा रहेको फलफूल पसलहरु अनुगमन गरेको हो। अनुगमनमा पसलेहरुले तिहारमा अति आवश्यक फलफूललगायत समानहरुमा तौल नपुग्ने गरी बिक्री वितरण गरी उपभोक्ताहरुलाई ठगेको भनी जनगुनासोको आधारमा अनुगमन गरिएको संयोजक गोराले बताए।

अनुगमन गर्दा अधिकांश ढक तराजु नमिलेको, काँटा २४ वटा, दुई किलो ढक २० वटा, एक किलो ढक ४४ वटा, आधा किलोको ढक ३० वटा, दुईसय ग्रामको ढक ६ वटा, सय ग्रामको ढक २ वटा, पचास ग्रामको ढक १ वटा र २० ग्रामको ढक १ वटा जफत गरेको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

प्रकाशित: ३० कार्तिक २०७७ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App