३ असार २०८१ सोमबार
image/svg+xml
समाज

बेवारिसे सडक मानवका लागि भान्छाघर निर्माण

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका-७ मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका बेवारिसे सडक मानवका लागि भान्छा घर निर्माण गरेको छ। आश्रमले यहाँ आश्रय लिइरहेका उनीहरुका लागि सहज बनाउन भान्छाघर निर्माण गरेको हो।  

विसं २०७३ चैत १२ गतेबाट सञ्चालनमा आएको यस आश्रमले ऋण गरेरे साँढे आठ लाख रुपैयाँमा यस भान्छाघर निर्माण गरेको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन्। हाल २३ जना बेवारिसे सडक मानवले आश्रय लिइरहेका छन्। एक स्थानीयको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएपनि सो घर सानो भएकाले सुत्न बस्नलाई समेत समस्या हुँदा खाना बनाउने कोठाको अभाव हुँदा समस्या भएपछि जग्गा भाडामा लिएर जस्ता पाताको छानो राखेर भान्छाघर निर्माण गरिएको आश्रमले जनाएको छ। भान्छाघर साथै एक÷एक वडा शौचालय, बाधरुम र पानीको धारा समेत निर्माण गरिएको छ।

आश्रमका अनुसार एक स्थानीयको जग्गा भाडामा लिएर मासिक रु १० हजार तिर्ने सम्झौता गरेर आश्रम यहाँ रहेसम्म भान्छाघर सञ्चालन गर्ने भएको छ। यस भान्छाघर निर्माणले उनीहरुका लागि खान बनाउन र खाना खानका लागि सहज भएको छ। आश्रमको आफ्नै भौतिक संरचना नभएसम्मका लागि यस भान्छा घरले ठूलो टेवा पुग्ने आश्रमको अपेक्षा रहेको छ। भान्छाघर निर्माण गर्दा लागेको सम्पूर्ण ऋण यहाँका स्थानीय सरकार, गण्डकी प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालय पोखारालगायतबाट सहयोग माग्ने आश्रमकी संयोजक अधिकारीले बताइन्।

यस आश्रमले आगामी पुस महिनासम्म लमजुङ जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ। यस आश्रम मुठी दान, विभिन्न व्यक्तिले जन्मदिन, विवाहलगायत विभिन्न चाडपर्वको अवसरमा गरेको सहयोगबाट सञ्चालन भइरहेको मानव सेवा आश्रम लमजुङले जनाएको छ। रासस

प्रकाशित: २८ कार्तिक २०७७ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App