६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीमा ६ वटा पशुचौपाय घाइते

आगलागीमा खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका बिश्वराम मगरको ६ वटा पशुचौपाय डढेर घाइते भएका छन्। शुक्रबार राती २ बजे गोठबाट सल्किएको आगोले घर जल्दा मगरको एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाइते भएका हुन्। आगोमा जलेका भैंसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको स्थानीय नेकपाका नेता जगत किरातीले बताए।  

आगलागीमा मगरको अन्न, काठपात, बन्दोबस्तीका सामान लगायत जल्दा करिब १० लाखको क्षति भएको अनुमान गरिएको छ। आगलागीको विषयमा जानकारी आएपछि जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राई, वडाध्यक्ष सुकदेव राई, ईलाका प्रहरी कार्यालय चिसापानीका सई कुलबहादुर मगर लगायत घट्नास्थल पुगेका थिए।  

घरसँगै रहेको गोठमा बालेको धुपबाट घर जलेको अनुमान गरिएको छ। घर जलेपछि मगरका ९ जनाको परिवार हाल अर्को फगतपुरमा रहेको आफ्नै घरमा बसिरहेका छन्।

प्रकाशित: २२ कार्तिक २०७७ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App