१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा आज दिउँसो थप एक कोरोना संक्रमित वृद्धाको निधन भएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान १६ की ८१ वर्षीया वृद्धाको निधन भएको हो।  

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार दिउँसो २ बजे उपचारको क्रममा उनको निधन भएको हो। उनलाई उच्च रक्तचापको समस्या थियो।  

मृतकलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीबार कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७७ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App