coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना फैलिँदा स्वास्थ्यकर्मी डेरा सर्न बाध्य

कोरोना संक्रमण फैलिएका कारण खोटाङको साकेला गाउँपालिकामा स्वास्थ्यकर्मी डेरा फेर्न बाध्य बनेकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, डिएसपी, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायत दर्जनौं व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि साकेला गाउँपालिका–४ मात्तिम स्वास्थ्यचौकीमा कार्यरत अनमी अञ्जु बस्नेत कोठा फेर्न बाध्य बनेकी हुन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भएकी अनमी बस्नेत साकेला गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको घरमा बस्दै आएकी थिईन्।  

दसैं बिदा सकेर आइतबार कार्यक्षेत्र फर्कदै गरेको अवस्थामा धनबहादुर खड्का (गाउँपालिकाकी उपाध्यक्ष खड्काकी श्रीमान)ले फोन गरेर अर्को कोठा खोजेर सर्न भनेपछि हत्तपत्त अर्को घरमा कोठाको व्यवस्था गर्नुपरेको अनमी बस्नेतले बताईन्। ‘फोन गरेर संक्रमण फैलिरहेको छ। आफ्नो व्यवस्थापन आफै गर्नु, ठाउँ खोजेर सुरक्षित बस्नु भन्नुभयो,’ अनमी बस्नेतले भनिन्, ‘उहाँहरुको बुवाआमा दिर्घरोगको औषधि खाइरहनु भएको छ, त्यही भएर पनि त्यसो भन्नु भएको होला। कोठा खोजेर बस्नु सहयोग गर्छु भन्नुभयो। उहाँहरुले त्रास मानेपछि अरुले पनि त्रास मान्यो। अकस्मात बास पाउन गार्‍हो भयो।’ 

अनमी बस्नेतका लागि वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै सहयोगमा अर्को घरमा कोठाको बन्दोबस्त मिलाइएको छ। अनमी बस्नेत वर्षदिन अघिदेखि गाउँपालिकाकी उपाध्यक्ष खड्काको घरमा डेरामा बस्दैआएकी थिईन्। कोरोना संक्रमण फैलिँदा अनमीले कोठा सर्नुपरेको विषयमा जानकारी नआएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।  

धनबहादुर खड्का (गाउँपालिकाकी उपाध्यक्ष खड्काकी श्रीमान)ले भने संक्रमण फैलिएको क्षेत्रबाट कार्यक्षेत्र फर्किएका कारण संक्रमणबाट बच्ने विकल्प बारे सोच्न आग्रह मात्र गरेको बताए । ‘उहाँ (अनमी) संक्रमित क्षेत्रबाट आउँदै हुनुहुन्थ्यो। घरमा प्रेसर र मुटुको औषधि सेवन गरिरहेको रोगी आमा भएकाले कसरी बच्न सकिन्छ वा के गर्दा उचित हुन्छ, विकल्प सोचौं मात्र भनेको हो,’ खड्काले भने, ‘हामीले एउटै भान्छामा खाना खाने गरेका थियौँ। यो अवस्थामा संक्रमण भित्रिन सक्छ, सजग हौं भनेको हो। अरु कुरा केही भएको होईन।’

प्रकाशित: १७ कार्तिक २०७७ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App