१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोरङमा कोरोनाबाट ६ जनाको मृत्यु

क्याप्शन

कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मोरङका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको छ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४ जना, विराटनगरकै म्यास अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा १–१ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएको छ।  

मोरङको उर्लाबारी नगरपालिकाकी ६६ वर्षीया महिला, सुनसरीको इटहरी उपमहानगरपालिकाका ४२ वर्षीय पुरूष, झापा विर्तामोड नगरपालिकाका ७५ वर्षीय वृद्ध र सुन्दरहरैँचा नगरपालिकाकी ६९ वर्षीया महिलाको नोबेलमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्ध नारायण दाहालले जानकारी दिए।  

मोरङको उर्लाबारी–१ की ६६ वर्षीया महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो। कात्तिक १३ गते स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।  

मोरङकै सुन्दरहरैँचाकी ६९ वर्षीया महिलाको शनिबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो। कात्तिक १० गते कोरोना पोजिटिभ पुष्टि भएसँगै स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो।  

झापाको विर्तामोडका ७५ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार बिहान १२ बजेर ३० मिनेटमा मृत्यु भएको हो। वृद्धलाई निमोनियाको समस्या भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरेसँगै गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ।

सुनसरी इटहरीका ४३ वर्षीय पुरुषलाई शुक्रबार राति नोबेल अस्पताल पुर्‍याउँदै गर्दा एम्बुलेन्सभित्रै मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना पोजेटिभ आएपछि उपचारका लागि ल्याइएका पुरुषको अस्पताल भर्नाअघिनै मृत्यु भएको थियो।  

उदयपुरकी ४२ वर्षीया महिलाको उपचारका क्रममा शनिबार बिहान ७ बजेतिर मृत्यु भएको म्याक्स अस्पतालले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि शुक्रबार साँझ अस्पतालमा भर्ना भएको र उपचारका क्रममा महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक हेमनारायण मेहताले बताए।

विराटनगर–३ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान ८ः३० बजे मृत्यु भएको विराट शिक्षण अस्पतालले जनाएको छ। कात्तिक ६ गते अस्पतालमा भर्ना भई उपचारको क्रममा पुरुषको मृत्यु भएको आइसोलेसनका इन्चार्ज सुनिल देवले जानकारी दिए।

प्रकाशित: १५ कार्तिक २०७७ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App