१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा ५ सय ६९ जना संक्रमित थपिए, ६ सय १९ डिस्चार्ज

प्रदेश १ मा ५ सय ६९ जना कोरोना संक्रमित थपिँदा ६ सय १९ जना डिस्चार्ज भएका छन्। शुक्रबार प्रदेश १ को मोरङमा २ सय ५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्बुमा २, पाँचथर, खोटाङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ४७ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन्। मोरङको सुन्दरहरैँचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। झापाको दमकमा ७५, विर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४–४, शिवसताक्षी र हल्दिबारीमा ३–३, बाह्रदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

उता सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहबी, गढी, बर्जु र देवानगञ्जमा २–२, कोसी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५, धनकुटाको धनकुटा नगरपालिकामा ३ र सहिदभूमिमा १, भोजपुरमा ३, सोलुखुम्बुको सोलुदूधकुण्डमा २, पाँचथरको फिदिम, खोटाङको दिप्रङ चुईचुम्बा र तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ५३ पुगेको छ।

प्रदेशको विभिन्न आइसोलेसनबाट ६ सय १९ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ५ सय ९५, मेची अस्पतालबाट १३, न्यूरो अस्पतालबाट ८ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ७ सय ९८ पुगेको छ।

प्रदेशमा शुक्रबार १ हजार ९ सय ६० जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २ सय २३ महिला र ३ सय ४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ५८ हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७७ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App