१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्या आशंकामा दुईजना पक्राउ

हत्याको आशंकामा भक्तपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल  भक्तपुर नगरपालिका १ ईटापाको कारखानामा बस्ने वर्ष १९ को सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर  घर भई सोही स्थानमा वस्ने ईटापाको कारखाना बस्ने वर्ष २३ को सलमान खानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुर नगरपालिका १ ईटापाको स्थित दुवाल मेटल कारखानमा पित्तलको भाडा बनाउने वर्ष ३५ को शाहिव हुसैनको हत्या आशंकामा उनीहरुलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । यसअघि शाहिब हुसैनको शव भक्तपुर  नगरपालिका २ ईटापाकोको प्लानिङ स्थित नरकटघारी खोल्सामा भेटिएको थियो । अनुसन्धानको क्रममा उनीहरु दुवैजना दोषी देखिएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धान  गर्दा मृतकसँगै काम गर्ने सलमान खान र सानु अन्सारी भन्ने ब्यक्तिहरुलाई शंकित रुपमा नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दै जाँदा सलमान खान र सानु अन्सारी शंकित भएको पाइएको निजहरुको कोठामा खानतलासी गर्दा दुबै जनाको कोठाहरुबाट रगत लागेको लुगा र जुत्ता  फेला परेको देखिएको प्रहरीले जनाएको छ । साथै प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले शनिबार तीन जनालेसँगै बसेर मादक पदार्थ सेवन गरेको र अन्दाजीं। 

बेलुका नौ बजे कारखाना फर्कने क्रममा भक्तपुर नगरपालिका २ ईटापाकोस्थित नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफेन्डको विषयमा मृतक शाहिव हुसैनसँग विवाद भई अनुचित शब्दहरु बोलेको सोही विषयमा वादविवाद भई झगडा  हुँदा मृतक शाहिव हुसैनलाई दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ९ कार्तिक २०७७ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App