४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

दसैंमा जुम्लाका शक्तिपिठमा निषेधाज्ञा

जुम्लामा दसैंको समयमा शक्तिपिठमा भिडभाड  हुन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। कोभिड–१९ को संक्रमण जोखिम कम गर्न दसैंं, तिहार लगायतका चाडपर्वमा पालिका तथा वडाहरूमा रहेका सम्पूर्ण शक्तिपिठ, गुम्बा तथा मन्दिरहरूमा भिडभाड गरी पूजापाठ नगर्न निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपन्द्र थापाले जानकारी दिए।

उनका अनुसार अर्को सूचना जारी नभए सम्म निषेधाज्ञा जारी रहने छ।  सबैलाई घरमा बसेर पूजापाठ लगायतका गतिविधि गर्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘कसैले यो सूचना अवज्ञा वा उल्लंघन गरेको पाइएमा संक्रमण ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानूनी कारबाही गरिने छ।  ’

कोरोना संक्रमणबाट जोगिन आम जुम्ला बासीलाई आग्रह गर्दै उनले सबैलाई घरमा बसेर दसैं मनाउन आग्रहसमेत गरे ।  जिल्ला प्रशासन कार्यालय जुम्लाले छोटा र लामो दुरीका सवारी साधन सम्बन्धी सेवाहरूमा गत चैत ११ गते अघि कायम भएको नियमित भाडादर लागु गर्न निर्देशन गरेको छ। 

प्रकाशित: ५ कार्तिक २०७७ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App